१४ बैशाख २०८१, शुक्रबार
Follow Us

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २९ पुग्यो

नेपालब्रिटेन संवाददाता
१५ असार २०७७, सोमबार ०५:५८

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ । ललितपुरको स्टार अस्पतालमा शनिवार उपचारको क्रममा मृत्यु भएका विरामीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

मृत्यु हुने विरामी रौतहटका २९ वर्षीय पुरुष रहेको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जानकारी दिएको छ । दमका बिरामी पुरुषलाई कुनै अस्पतालले उपचार गर्न नमानेपछि उनी स्टार अस्पताल पुगेका थिए । अस्पताल भर्ना भएको दश मिनेटमै उनको मृत्यु भएको थियो ।

यसअघि कैलाली चार र गुल्मीका तीन जनाको कोरोना सक्रमणवाट मृत्यु भइसकेको छ । दैलेख, बाँके, स्याङजा र बाराका दुई–दुई जनाको मृत्यु भएको छ । ललितपुर, कपिलवस्तु, सुर्खेत, अर्घाखाँची, पाल्पा, पर्सा, बाजुरा, चितवन, सिन्धुपाल्चोक, ललितपुर, डोल्पा, दाङ र दोलखाका एक–एक जनाको मृत्यु भएको छ ।