८ बैशाख २०८१, शनिबार
Follow Us

लामो समयको बन्द पछि सेयर बजार खुल्यो

sarusaru
१५ असार २०७७, सोमबार ०६:२३

काठमाडौं। सेयर बजार आजदेखि खुलेको छ। लकडाउन अवधिभर जम्मा दुई दिन सञ्चालन भएर बन्द भएको सेयर बजार चौतर्फी दवाबपछि सोमबादेखि पुन कारोबार सुरु भएको हो। बजार १२ सय हुँदा गत चैत १० गतेदेखि बन्द भएको बजार सोमबार खुल्दा ११९७ अंकबाट खुलेको छ।

लकडाउनका बीच दुई दिन खुल्दा सेयर बजारमा पूरै दिन कारोबार हुन सकेको थिए। बढ्दा र घट्दा २ प्रतिशतको सर्किट लाग्ने ब्यवस्थाले बजार केही समय खुलेरै बन्द भएको थियो।

बजार निरन्तर घटेपछि ’निश्चित’ समूहको दबाबमा धितोपत्र बोर्डले कारोबार बन्द गर्ने निर्णय गरेको थियो। मालपोतदेखि चिया पसलसम्म खुलिसक्दा पनि सेयर बजार नखुल्दा नियामकलाई खोल्नैपर्ने दबाब विभिन्न निकायले दिइरहेको थियो।
डिसी नेपाल