१५ चैत्र २०८०, बिहीबार
Follow Us

तिर्थयात्री बोकेको बस दुर्घटना, तीन जनाको मृत्यु

नेपालब्रिटेन डट कम्
२४ मंसिर २०७३, शुक्रबार १२:०२

काठमाडौं । सिद्धिचरण राजमार्गको कटारी–घुर्मी सडक खण्डअन्तर्गत उदयपुरको लेखानी–५ भदौरेमा तिर्थयात्री बोकेको बस दुर्घटना भएको छ । दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ भने ३९ जना घाइते भएका छन् । घाइतेमध्ये १० जनाको अवस्था गम्भीर रहेको बताइएको छ । हलेसी दर्शन गरेर फर्कदै गरेका तीर्थयात्रु सवार ना ४ ख ३६२० नम्बरको बस दुर्घटना भएको हो ।