१५ चैत्र २०८०, बिहीबार
Follow Us

साम्राज्ञीलाई खान नदिएको कुरा झुठो : भुवन

नेपालब्रिटेन संवाददाता
१६ असार २०७७, मंगलवार ०३:५७

काठमाडौं । अभिनेत्री सामाज्ञी राज्यलक्ष्मी शाहले आफूलाई सुरुका दिनमा चलचित्रमा खानपिनमा असमान व्यबहार गरिएको बताएकी छन् । नेपाली चलचित्रमा नाताबाद कृपाबाद हुने गरेको र नयाँ कलाकारलाई छायाँकनको क्रममा भेदभाव हुने गरेको सामाज्ञीको दाबी छ ।

साम्राज्ञीले आधा दशक अघि भुवन केसी निर्मित निर्देशित चलचित्र ड्रिम्सबाट नायिकाको रुपमा चलचित्र बृत्तमा डेब्यु गरेकी हुन् । जसमा भुवन केसीका छोरा अनमोल केसी साम्राज्ञी जोडी बनेका थिए । यो फिल्ममा अनमोललाई जुन प्रकारको सम्मान र व्यबहार छायाँकनको क्रममा गरिन्थ्यो । त्यस्तो सम्मान र ब्यबहार अफुलाई नगरिएको यी अभिनेत्रीले आफ्नो इन्सटाग्रामका एक भिडियो पोष्ट गर्दै बताएकी छिन् । यहाँसम्मकी आफुलाई छायाँकनको क्रममा बस्नको लागि कुर्सी नदिएको खाना र पानी समेत नसोधीएको यी अभिनेत्रीको कथन छ ।

पहिलो चलचित्र ड्रिम्समा मात्र हैन, त्यसपछिका अरु दुई ओटा चलचित्रमा पनि आफुमाथि सम्मान जनक व्यबहार नगरिएको यी अभिनेत्रीले बताएकी छिन् । छायाँकनको क्रममा आफुलाई राम्ररी खाना र तिर्खा लागेको बेला पानी समेत नदिएको भनाई यी अभिनेत्रीको छ । छायाँकन स्थलमा स्टार कलाकारका सामु आफुमाथि गरिएको वेवस्ता र भेदभावले कतीपटक रोएको समेत उनले बताएकी छिन् । नेपाली चलचित्र क्षेत्रमा नाताबाद कृपाबाद भएको र यसको बारेमा अब बोल्नुपर्ने बेला आएका कारण आफुले बोलेको यी अभिनेत्रीको कथन छ ।

अभिनेत्री साम्राज्ञीले पहिलो चलचित्र जस्तो चलचित्र ए मेरो हजुर २ र चलचित्र इन्टु मिन्टु लन्डनमामा पनि आफुले छायाँकनको क्रममा अन्य कलाकारलाई गरिने जस्तो समान व्यबहार नपाएको सँकेत आफ्नो भिडियो मार्फत गरेकी छिन् । साम्राज्ञीको यो भिडियो यतीबेला सामाजिक सञ्चालमा चर्चामा छ ।

अभिनेत्री साम्राज्ञीले भनेको कुरा निराधार भएको अभिनेता भुवन केसीको भनाई छ । उनले सोमबार राजधानीसँग कुरा गर्दै चर्चामा आउनका लागि नायिकाले यस्तो आरोप लगाएको बताएका छन् । आफ्नो परिवार भनेकै चलचित्र उधोग भएको र आजसम्म कुनै पनि कलाकार प्राविधिकलाई छायाँकनको क्रममा खाना र पानीमा भेदभाव नगरेको अभिनेता केसीले बताएका छन् ।

तर यतीबेला अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले आफुलाई पहिलो चलचित्रमा खाना र पानीमा भेदभाव गरिएको भन्ने कुरा सुन्दा अचम्म लागेको केसीले बताएका छन् । छायाँकनको क्रममा भान्सेले सबै कलाकार र प्राविधिकलाई एउटै भान्साको खाना र मिनरल वाटर खुवाएको स्मरण गर्दै आफुहरुबाट त्यस्ता भेदभाव नभएको दाबी गरेका छन् । नेपाली चलचित्र उधोगमा अहिलेसम्म आफुले धेरै कलाकार प्राविधिकलाई ल्याएको र यस्तो आरोप अरुले नलगाएको पनि केसीको दाबी छ ।

छायाँकनको क्रममा आफुलाई जो कोहीबाट पनि समान व्यबहार भएको छैन भने निर्माता निर्देशक तथा प्रोडक्सनलाई भन्नु पर्ने अभिनेता केसीले बताए । तर साम्राज्ञीले छायाँकनको क्रममा त्यस्तो कुनै कुरा नगरेको र आफुले बेला बेलामा केही समस्या छ भनेर सोध्दा सबै राम्रो छ भनेर त्यतिबेला बताएको पनि केसीले स्मरण गरे ।
राजधानी दैनिकबाट