July 12, 2020
11:02 AM | 3:47 PM

नेकपा स्थायी कमिटी बैठक आज बस्दै

  30th June 2020 मा प्रकाशित

काठमाडौं । सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक आज पनि बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटरमा हुने बैठकमा आजवाट सरकारको कामको समिक्षा हुने नेताहरुले बताएका छन् ।

कोरोना संक्रमण नियन्त्रणमा प्रभावकारी काम गर्न नसकेको र संक्रमण नियन्त्रणमा लागि गरिएको रकममा भ्रष्टाचार भएको आवाज पार्टीभित्रैवाट उठिरहेको छ । विशेष गरी माधव नेपाल समूहले सरकारको कामप्रति तिब्र असन्तुष्टि जनाउदै आएको छ ।

दुई दिन अघि प्रधानमन्त्री ओलीले आफुलाई हटाउन खोजिएको आरोप लगाएको विषयले पनि बैठकमा प्रवेश पाउने सम्भावना छ । यसअघिको बैठक सीमा विवादमा केन्द्रित भएको थियो । पछिल्ला बैठकमा प्रधानमन्त्री ओली सहभागी भएका छैनन । सरकारको आलोचना छल्न उनी बैठकमा सहभागी नभएको आरोप लाग्दै आएको छ ।

नेकपाले सरकारको नियमित काम कारवाहीको समिक्षा, राष्ट्रियताको सवाल, अमेरिकी सहयोग निकाय एमसीसी कार्यन्वयन, पार्टी पद्धती तथा एकताको बाँकी कार्यभार लगायतका विषयमा छलफल गर्न स्थायी कमिटी बैठक बोलाएको हो ।

बैठकमा नागरिकता विद्येयकमा देखिएको विवाद, निजमति कर्मचारी विधेयक, रुकुमको सोती घटना, स्वास्थ्य सामाग्री खरिद प्रक्रीयामा भएको भनिएको अनियमितता लगायतका विषयमा समेत छलफल हुने बताइएको छ ।

प्रतिक्रिया