१२ बैशाख २०८१, बुधबार
Follow Us

लकडाउनविरुद्ध ट्याक्सी व्यवसायी सडकमा

नेपालब्रिटेन संवाददाता
१६ असार २०७७, मंगलवार ०४:०७

काठमाडौं । सरकारले लकडाउनको समय थप गर्ने घोषणा गरेसँगै ट्याक्सी व्यवसायी आन्दोलित बनेका छन् । साउन सातसम्म लकडाउन थप गरेर सरकारले काम गर्न नदिएर भोकभोकै मार्न खोजेको भन्दै उनीहरुले आज काठमाडौंमा प्रदर्शन गरेका हुन् ।

ट्याक्सी चालकहरुले काठमाडौंको बानेश्वर तीनकुने सडकमा प्लेकार्ड सहित प्रदर्शन गरेका हुन् । उपत्यका ट्याक्सी विशेष समितिले सार्वजनिक यातायात सञ्चालन गर्नुपर्ने भन्दै यातायात व्यवस्था विभागलाई ज्ञापनपत्र समेत बुझाएको छ ।

ट्याक्सी ब्यवसायीले सुरक्षा अपनाएर निर्वाध काम गर्न दिनुपर्ने माग अघि सारेका छन् । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि भन्दै सरकारले सार्वजनिक यातायात सञ्चालनमा रोक लगाएको छ । जसका कारण चैत ११ गतेदेखि ट्याक्सी सञ्चालनमा आएका छैनन् ।

प्रदर्शनमा उत्रिएका ३ सय बढी ट्याक्सीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । केशरमहल, सिंहदरबार, जावलाखेल, कोटेश्वर, गौशाला, महाराजगञ्ज, गोंगबु लगायतका क्षेत्रबाट ती ट्यक्सीहरुलाई नियन्त्रणमा लिइएको हो ।