१२ बैशाख २०८१, बुधबार
Follow Us

प्रहरी हवलदारद्वारा आफैंलाई गोली हानी आत्महत्या

नेपालब्रिटेन संवाददाता
१६ असार २०७७, मंगलवार ०४:०९

सुनसरी । सुनसरीमा एक प्रहरी हवलदारले गोली हानी आत्महत्या गरेका छन् । जिल्ला अदालत इनरुवामा सुरक्षाका लागि खटिएका प्रहरी हवल्दार ओम प्रकाश खतिवडाले आत्महत्या गरेका हुन् । गोली हानेपछि गम्भीर घाइते खतिबडाको उपचारको क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठान धरानमा मृत्यु भएको हो ।