१६ चैत्र २०८०, शुक्रबार
Follow Us

बेन मीको निर्णायक गोलले बर्नले विजयी

नेपालब्रिटेन संवाददाता
१६ असार २०७७, मंगलवार ०४:१३

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा क्रिष्टल प्यालेसलाई बर्नलेले पराजित गरेको छ । गएराति क्रिस्टल प्यालेसको मैदानमा भएको खेलमा पाहुना टोली बर्न्ले १–० ले विजयी भयो ।

बर्न्लेको जितमा बेन मीले निर्णायक गोल गरे । जीतसँगै बर्नले प्रिमियर लिगको अंक तालिकामा आठौं स्थानमा उक्लिएको छ । उसले आगामि सिजन युरोपा लिगमा छनौट हुने संभावना जिवित राखेको छ । पराजित टोली क्रिष्टल प्यालेस ११ औं स्थानमा छ ।

प्रिमियर लिगको उपाधि लिभरपुलले जीतिसिकेको छ । शिर्ष चारमा रहेर च्याम्पियन्स लिग खेल्ने अभियानमा लिभरपुलसँगै म्यान्चेस्टर सिटी, लेष्टर सिटी र चेल्सी रहेका छन् ।