१६ चैत्र २०८०, शुक्रबार
Follow Us

‘एनआरएनएले जग्गा कोसँग किन्यो मलाई थाहा छैन’ (हेर्नुस् भिडियोसहित)

नेपालब्रिटेन संवाददाता
१६ असार २०७७, मंगलवार ०६:०३

काठमाडौं । गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष भवन भट्टले एनआरएनए कार्यालय आफूले निर्माण गरेको तर जग्गा कोसँग किनिएको आफूलाई थाहा नभएको बताएका छन् । एउटा भचुयोल अन्तर्वार्तामा पूर्वअध्यक्ष भट्टले एनआरएनए भवन निर्माणका लागि जग्गा खरिद गर्दा आफूले कुनै पनि दलालसँग नभेटेको स्पष्ट पारेका छन् । उनले भवन निर्माण गर्नुअघि विभिन्न जग्गा दलालसँग भेट गरेको आरोप निराधार भएको बताएका छन् ।

अन्तर्वार्तामा पूर्वअध्यक्ष भट्टले भने, ‘जग्गा कोसँग खरिद गरिएको हो, कोसँग डिल भएको त्यसबारे मलाई कुनै जानकारी छैन । ठेकदारसमेत मैले डिल गरेको व्यक्ति होइन । भएको जग्गामा भवन मात्र मैले बनाएको हुँ, अनावश्यक विवादमा मेरो नाम किन जोडिन्छ, मैले बुझ्न सकेको छैन ।’

‘जो सोझो उसैको मुखमा घोचो, जग्गा बैना भइसकेपछि मेरो संयोजकत्वमा कमिटी बनेको हो, त्यो कमिटीले पास गर्नुपर्ने प्रावधान राखिएको रहेछ’ ‘भुक्ने कुकुरले टोक्दैन, तिनीहरु आफूभित्रको डर लुकाउन भुकेका मात्र हुन् ? मैले समाजका लागि सच्चा काम गरेको छु, त्यसैले मलाई कुनै डर छैन । व्यक्तिगत फाइदाका लागि म व्यापार व्यवसाय गरेको छु ।’

स्मरणीय छ, एनआरएनए भवन निर्माणका लागि जग्गा खरिद गर्दा शेष घले अध्यक्ष र भवन भट्ट उपाध्यक्ष थिए । भट्टकै संयोजकत्वमा भवन निर्माणका लागि जग्गा खरिद समिति गठन गरिएको थियो ।