१४ बैशाख २०८१, शुक्रबार
Follow Us

डब्लुएचओले अनुसन्धान टोली चीन पठाउने

नेपालब्रिटेन संवाददाता
१६ असार २०७७, मंगलवार ०६:११

एजेन्सी । कोरोना भाइरसको स्रोत पत्ता लगाउन विश्व स्वास्थ्य संगठन डब्लुएचओले चीनमा अनुसन्धान टोली पठाउने भएको छ । डब्लुएचओको टोली आगामी हप्ता चीन जाने भएको हो । टोलीले चीनमा रहदा विश्वव्यापी महामारी फैलाउने कोरोना भाइरस वास्तवमा कहाँबाट उत्पन्न भएको थियो भनेर खोजी गर्नेछ ।

टोलीमा को–को रहनेछन भनेर डब्लुएचओले खु्लाएको छैन । भाइरस बिरुद्ध लड्न यो कहाँबाट आयो भन्ने बुझ्न जरुरी रहेको डब्लुएचओको भनाइ छ । अहिलेसम्मको कोरोना भाइरस चीनको वुहान बजारस्थित मासु बजारबाट उत्पन्न भएको अनुमान गरिएको छ ।

बैज्ञानिकहरुले यो भाइरस जनावरबाट मानिसमा सरेको आशंका गरेका छन् । अमेरिकाले चीनले भाइरस फैल्याएको आरोप लगाउदै आएको छ ।