७ बैशाख २०८१, शुक्रबार
Follow Us

नेपाली जनसम्पर्क समितिको भरच्योल मिटिङमा अश्लिल गालीगलौज (भिडियोसहित)

नेपालब्रिटेन संवाददाता
१६ असार २०७७, मंगलवार ०७:२४

लन्डन । नेपाली कांग्रेसको प्रवासमा रहेको भ्रातृ संस्था नेपाली जनसम्पर्क समितिले आयोजना गरेको जुम बैठक कांग्रेसीहरुका लागि लाजको पसरो बन्यो । नेपाली जनसम्पर्क समितिका संयोजक गोविन्द भट्टराई उपस्थिति उक्त भोचुयोल बैठकमा सहभागीहरु तथानाम गालीगलौजमा उत्रेका थिए । बैठकको भिडियो हेर्नेहरुले आफू कांग्रेस हुँ भन्नसमेत लज्जाबोध भएको टिप्पर्णी गरे ।

छलफलमा विष्णु सुवेदीले आफू विश्व संयोजक भनेपछि सहभागीहरु एकअर्काको गालीगलौजमा उत्रेका थिए । उनीहरु एक आपसमा गालीगलौजमा मात्र उत्रेनन्, पार्टी सभापति शेरबहादुर देउवासमेतलाई पाँडे गाली गरेको स्पष्ट सुनिन्थ्यो ।

प्रवाशमा आफूलाई कांग्रेस दाबी गर्नेहरुको हेर्नुस् यो भिडियो