१४ बैशाख २०८१, शुक्रबार
Follow Us

कोरोना संक्रमणले नेपालमा मृत्यु हुनेको संख्या ३० पुग्यो

नेपालब्रिटेन संवाददाता
१६ असार २०७७, मंगलवार १४:००

काठमाडौं । बयालपाटा अस्पतालमा उपचारको क्रममा मृत्यु भएका रामारोशन गाउँपालिका ५ का ४५ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ । असार १३ गते एक्कासि उनको स्वासप्रश्वासमा समस्या आएपछि उनलाई उपचारका लागि बयालपाटा अस्पतालमा पुर्‍याइएको थियो ।

आकस्मिक कक्षमा उपचार भइरहेका उनको असार १४ गते दिउँसो २ बजे मृत्यु भएको थियो । मृत्युु पश्चात स्वाव संकलन गरि कोरोना परिक्षणको लागि सेती प्रादेशिक अस्पताल धनगढीमा पठाएको थियो । आज उनको पीसीआर रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय अछामले जानकारी दिएको छ ।

अछाम जिल्लामा कोरोनाबाट मृत्युु हुने पहिलो व्यक्ति हुन् । यो सँगै जिल्लामा कोरोना संक्रमितको संख्या १ सय ९० पुगेको छ । अछाममा मंगलबार मात्र एकै दिन साफेबगर नगरपालिकामा ६५ जना र रामारोशनमा १ जना गरि ६६ जना संक्रमित भेटिएका छन् ।