१३ बैशाख २०८१, बिहीबार
Follow Us

नेकपा एमाले पार्टी दर्ताका लागि कसले दियो निवेदन ?

नेपालब्रिटेन संवाददाता
१६ असार २०७७, मंगलवार १५:३०

काठमाडौं । नेकपा एमाले पार्टी दर्ताका लागि निर्वाचनमा आयोगमा निवेदन दर्ता भएको छ । यस सम्बन्धमा नेकपाको जारी स्थायी समितिको बैठकमा छलफल समेत भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । नेकपा एमाले पार्टी दर्ताका लागि झापाकी सन्ध्या तिवारीले निवेदन दर्ता गराएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

प्रधानमन्त्री ओलीलाई अध्यक्ष दाहालले भने- दुवै पद छाड्नुस्
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायि कमिटी बैठक बालुवाटारमा जारी छ । बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले ‘आफूलाई प्रधानमन्त्रीबाट हटाउन खोजियो’ भन्दै दिएको अभिव्यक्तिबारे छलफल केन्द्रित छ ।

बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री ओलीको सो अभिव्यक्तिप्रति अर्का अध्यक्ष पुष्पकमल दाहालले गम्भीर आपत्ती जनाएका छन् । अध्यक्ष दाहालले राजीनामा भारतले नभएर आफुले मागेको स्पष्ट पारेका छन् ।

प्रधानमन्त्री ओलीले आफुलाई हटाउन दूतावास सक्रिय छ भन्दै दिएको अभिव्यक्तिलाई लक्षित गर्दै अध्यक्ष दाहालले राजीनामा दूतावास वा अन्य कोहीले नभएर आफुले मागेको स्पष्ट पारेका हुन् । उनले भने, ‘राजीनामा दिल्ली या अरुले मागेकाे हाेइन । मैले मागेकाे हाे । तपाईं दुवै पद छाेड्दिनुस् ।’