१३ बैशाख २०८१, बिहीबार
Follow Us

प्रचण्डले राजीनामा मागेपछि प्रम ओली आन्तरिक गृहकार्यमा

नेपालब्रिटेन संवाददाता
१७ असार २०७७, बुधबार ०४:१६

काठमाडौं । नेकपा स्थायी समितिमा प्रधानमन्त्रीको राजीनामा माग गरिएपछि प्रधानमन्त्री ओली आन्तरिक छलफलमा जुटेका छन् । राजीनामा माग गरिएको परिस्थितीको विषयमा प्रधानमन्त्री ओलीले अहिले मन्त्री र केही स्थायी कमिटी सदस्यसँग प्रधानमन्त्री निवास बालुवाटारमा परामर्श गरिरहेका छन् ।

मंगलबारको स्थायी कमिटी बैठक अघि प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि परामर्श गरेका थिए । विशेष गरी आजको स्थायी कमिटी बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा प्रधानमन्त्रीले आफु निकट नेता र मन्त्रीसँग परामर्शमा जुटेका हुन् ।

स्थायी कमिटी बैठक आजपनि एघार बजे बस्दैछ । मंगलबार पार्टीको स्थायी समिति बैठकमा शीर्ष नेतासहित १७ जनाले अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिन माग गरेका थिए ।

साढे दुई वर्षदेखि सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी ओली स्वेच्छाचारी ढंगले अघि बढेको असन्तुष्ट नेताहरुको भनाइ छ । ओलीले भने दुबै माग अस्वीकार गर्दै आएका छन् ।