१४ बैशाख २०८१, शुक्रबार
Follow Us

संसद बैठक ३० गतेसम्मका लागि स्थगित

नेपालब्रिटेन डट कम्
२४ मंसिर २०७३, शुक्रबार १२:२१

काठमाडौं । विपक्षी दलहरुको निरन्तर अवरोधका कारण व्यवस्थापिका–संसदको शुक्रबारको बैठक पनि सन्चालन हुन सकेन । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले, नेकपा माले, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी, नेपाल परिवार दल, नेपाः राष्ट्रिय पार्टी र राष्ट्रिय जनमुक्ति पार्टी लोकतान्त्रिक नेपालसहित सात दलका सांसदले आफ्ना माग सम्बोधन नभएसम्म संसदको काम–कारबाही अगाडि बढ्न नदिने भन्दै अवरोध गरेका हुन् ।

राष्ट्रिय जनमुक्ति पार्टी लोकतान्त्रिक नेपालका सांसद शिवलाल थापाले संशोधन प्रस्ताव फिर्ता नलिएसम्म सदन चल्न नदिने अडान बारम्बार दोहो¥याएपछि सभामुख ओनसरी घर्तीले यही मंसिर ३० गतेसम्मका लागि सदनको कारबाही स्थगन भएको घोषणा गरिन् ।

सभामुखले आगामी २०७४ माघ ७ गतेसम्ममा तीन तहको निर्वाचन गरिसक्नुपर्ने र विभिन्न ऐन–कानुन बनाउनुपर्ने भएकाले सदनको कारबाहीमा अवरोध सिर्जना नगर्न अनुरोध गरिन् ।

तर, विपक्षी सांसदहरुले सभामुखको आग्रहलाई बेवास्ता गर्दै आफ्नो आशनबाट उठेर विरोध गरेपछि सभामुखले मंसिर ३० गते बिहान ११ बजे अर्को बैठक बस्ने घोषणा गरिन् ।