१४ बैशाख २०८१, शुक्रबार
Follow Us

बार्सिलोना र मड्रिड बराबरीमा रोकिए

नेपालब्रिटेन संवाददाता
१७ असार २०७७, बुधबार ०७:०२

मड्रिड । स्पेनिस लिग फुटबलमा बार्सिलोनाको उपाधि होड कमजोर बन्दै गएको छ । गएराति भएको खेलमा एथ्लेटिको मड्रिडसँग बराबरीमा रोकिएपछि बार्साले शिर्ष स्थानको रियाल मड्रिडलाई उछिन्ने अवसर गुमाएको हो ।

एथ्लेटिको मड्रिड र बार्सिलोनाबिचको गएरातिको खेल २–२ गोलको बराबरीमा रोकिंयो । यो खेलमा भएका कुल चार गोलमध्ये तीन गोल पेनाल्टीमार्फत भएको थियो भने एक गोल आत्माघाती थियो । खेलमा बार्साका लागि लियोनल मेस्सीले एक गोल गर्दा एथ्लेटिकोका डिएगो कोष्टाले एक आत्माघाति गोल गरे ।

एथ्लेटिकोका लागि दुबै गोल साउल निग्वेजले पेनाल्टीमार्फत गरे । यो खेलमा गोल गरेपछि अर्जेन्टाईनी खेलाडी मेस्सीले खेल जीवनको ७०० औँ गोल पूरा गरेका छन् । उनले देश तथा क्लबका लागि ७ सय गोल पूरा गरेका हुन् । मेस्सीले बार्सिलोनाका लागि ७ सय २४ खेलमा ६ सय ३० गोल गरेका छन् । बाँकी ७० गोल उनले अर्जेन्टिनाका लागि गरेका हुन् ।

गएरातिको खेलपछि स्पेनिस लिगमा बार्सिलोनाले ३३ खेलबाट ७० अंक पु-याएको छ । तेस्रो स्थानको एथ्लेटिकोको ५९ अंक छ । एक खेल कम खेलेको रियाल मड्रिड ७१ अंकसहित शिर्ष स्थानमा रहेको छ । रियालले भोलि गेटाफेसँग खेल्नेछ ।