१५ चैत्र २०८०, बिहीबार
Follow Us

नेकपा स्थायी कमिटी बैठक स्थगित

नेपालब्रिटेन संवाददाता
१७ असार २०७७, बुधबार १०:०१

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक करिब एक घण्टा बसेर स्थगित भएको छ । काँग्रेस सांसदको निधनमा संघीय संसदको बैठकमा शोक प्रस्ताव पारित गर्ने कार्यक्रम तय भएकाले त्यसमा नेताहरु सहभागी हुनुपर्ने भन्दै बैठक स्थगित गरिएको हो ।

नेपाली काँग्रेसकी सांसद ज्ञानकुमारी छन्त्यालको बुधबार विहान सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचारका क्रममा निधन भएको थियो । आजको स्थायी कमिटी बैठकमा ५ जना सदस्यले आफ्नो धारणा राखेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

उनले आजपनि हिजोकै एजेण्डा प्रधानमन्त्रीको अभिव्यक्ति र निर्वाचन आयोगमा नेकपा एमाले दर्ताका विषयमा केन्द्रित रहेर छलफल चलेको श्रेष्ठले जानकारी दिए । यसअघि मंगलबारको बैठकमा बोल्ने १८ मध्ये अधिकांश स्थायी कमिटी सदस्यले ओलीको राजीनामा माग गरेका थिए ।

स्थायी कमिटीका अधिकांश सदस्यले आफ्नो राजिनामा मागेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान आफू निकटका मन्त्री तथा स्थायी समिति सदस्यहरुहरुसँग छलफल गरेका थिए । स्थायी कमिटीको अर्काे बैठक भोलि बिहान ११ बजेको लागि तय गरिएको छ ।