८ बैशाख २०८१, शनिबार
Follow Us

ओली निकट नेताहरु खुमलटारमा

नेपालब्रिटेन डट कम्
१८ असार २०७७, बिहीबार ०४:५९

काठमाडौं। सत्तारुढ दल नेकपाभित्र तीव्र ध्रुवीकरण भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालसँग परामर्शका लागि आफू निकट नेतालाई खुमलटार पठाएका छन्।

बिहीबार विहान आठ बजेदेखि प्रचण्ड निवास खुमलटारमा ओली निकट उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल, संसदीय दलका उपनेता सुवास नेम्वाङलगायतका नेताहरु र प्रचण्डबीच छलफल जारी छ।