११ बैशाख २०८१, मंगलवार
Follow Us

बारामा चट्याङ लागेर ४ महिलाको मृत्यु

नेपालब्रिटेन संवाददाता
१८ असार २०७७, बिहीबार ०५:२२

बारा । बारामा आज विहान चट्याङ लागेर चार महिलाको मृत्यु भएको छ । कलैया उपमहानगरपालिका र फेटा गाँउपालिकामा दुई–दुई जनाको मृत्यु भएको बारा प्रहरीले जानकारी दिएको छ । कलैया उपमहानगरपालिका–१२ शितलपुरमा रोपाइ गरिरहेको समयमा दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा ३५ वर्षीया आशादेवी महतो र ४५ वर्षीया हलिमा खातुन रहेका छन् । त्यस्तै फेटामा घरमा चट्याङ लग्दा एकै घरका ३० वर्षीया इन्दुदेवी महतो र ४० वर्षीया सुनारपतिदेवी महतोको मृत्यु भएको छ । चट्याङ लागेर फेटामा पाँच जना घाइते भएका छन् । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भैरहेको छ ।