७ बैशाख २०८१, शुक्रबार
Follow Us

फेसबुकमा भिडियो लाइभ गरेर युवतीद्वारा आत्महत्या

नेपालब्रिटेन संवाददाता
१८ असार २०७७, बिहीबार ०५:२६

तुलसीपुर । दाङको तुलसीपुरकी एक युवतीले सामाजिक सञ्जाल फेसबुकमा भिडियो लाइभ गरेर आत्महत्या गरेकी छन् । तुलसीपुर उपमहानगरपालिका–५ रानीजरुवा बस्दै आएकी अन्दाजी २३ वर्षकी एलिसा गौतमले बुधबार मध्यरातमा फेसबुक लाइभ गरेर आत्महत्या गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख डिएसपी शिवबहादुर सिंहले पुष्टी गर्नुभयो ।

‘राति १ बजेर २५ मिनेटमा जानकारी पायौँ, घर पत्ता लगाउन मुस्किल पर्‍यो, अबेर उनको घरमा पुग्दा उनको मृत्यु भैसकेको थियो ।’, उहाँले भन्नुभयो, ‘उनी माइतीमा बस्दै आएको खुलेको छ ।’ बुवा आमा सबै भारतमा काम गर्न गएकाले उनी कोठामा एक्लै थिइन् ।’

घटनाबारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । मृतक युवतीको शव पोष्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ ।