८ बैशाख २०८१, शनिबार
Follow Us

संसदको जारी अधिवेशन अन्त्य गर्ने मन्त्रिपरिषदको निर्णय

नेपालब्रिटेन संवाददाता
१८ असार २०७७, बिहीबार ०७:०७

काठमाडौं । सरकारले संसद्को चालू अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले आज ५ बजेपछि लागू हुने गरी संसद्को जारी अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले संसद् बैठक अन्त्य गर्नेछिन् ।

सत्तारुढ नेकपा भित्रको विवाद उत्कर्षमा पुगेको समयमा केही दिनदेखि गुटगत भेला तीव्र भएका छन् । बुधबार अध्यक्ष पुष्पकमल दाहाल र बरिष्ठ नेता माधव नेपाल पक्षको ललितपुरमा भेला भएको थियो । विहान दाहालले ओली निकट नेतासँग परामर्श गरेका थिए । प्रधानमन्त्री ओलीले बुधबार स्थायी कमिटीमा रहेका मन्त्रीहरुसँग पनि परामर्श गरेका थिए ।