८ बैशाख २०८१, शनिबार
Follow Us

असन्तुष्टिको पोको बोकेर प्रचण्ड छिरे शितल निवास, हात लाग्यो शुन्य

नेपालब्रिटेन संवाददाता
१८ असार २०७७, बिहीबार ११:१६

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद बैठकको सिफारिशमा बजेट अधिवेशन अन्त्य गरेपछि नेकपामा विवाद थप चुलिएको छ । प्रधान्मन्त्री केपी शर्मा ओलीले आफु निकटका मन्त्री मात्रै राखेर बजेट अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिश गरेको र राष्ट्रपति भण्डारीले तत्कालै अधिवेशन अन्त्य गरेपछि नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल शीतलनिवास छिरेका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको बजेट अधिवेशन आज ५ बजेपछि अन्त्य गरिसकेकी छन् । यसै विषयमा छलफल गर्न अध्यक्ष दाहाल राष्ट्रपति भण्डारीलाई भेट्न शीतलनिवास पुगेको एक मन्त्रीले बताए । प्रधानमन्त्री ओलीले आफु निकटका मन्त्रीलाई मात्र राखेर निर्णय गरेकोप्रति अध्यक्ष दाहालले असन्तुष्टि व्यक्त गरेको समेत ती मन्त्रीले जानकारी दिए ।

चालु अधिवेशनमा संविधान संशोधन विधेयक अनि आर्थिक वर्ष २०७७/०७८ को बजेट पारित भइसकेको छ । महत्वपूर्ण मानिएका नागरिकतासम्बन्धी विधेयक र निजामती कर्मचारी विधेयक अन्तिम चरणमा थिए । एमसीसी सम्झौता पनि अनुमोदन प्रक्रियामा थियो ।