१२ बैशाख २०८१, बुधबार
Follow Us

नेपालमा २१ जुलाई सम्म अन्तर्राष्ट्रिय उडान रोकियो

नेपालब्रिटेन डट कम्
१८ असार २०७७, बिहीबार १६:०५

लण्डन – कोरोना भाइरस (कोभिड– १९) को त्रासका कारण सरकारले पर्यटन भिसामा रोक लगाएपछि अन्तर्राष्ट्रिय उडान प्रभावित हुदै आएका छन्।

सरकारको तर्फबाट नागरिक उड्यन प्रधिकरणले बुधवार एक विज्ञप्ति जारी गर्दै नेपालमा २१ जुलाई सम्मका सबै अन्तर्राष्ट्रिय उडान रद्ध गरिएको जनाएको छ ।
प्राधिकरणले अत्यावश्यक चार्टड फ्लाईटहरुलाई भने उडानको लागि आवश्यक अनुमति दिईने जनाएको छ ।

चार्डड फ्लाइटमा नेपाल जानेहरुले सरकारका शर्त पालना गर्दै १४ दिन ‘सेल्फ क्वारेन्टाइन’ मा बस्नुपर्ने व्यवस्थाको गरिएको छ ।