१६ चैत्र २०८०, शुक्रबार
Follow Us

चरा ठोक्किएपछि नेपाल एयरलाइन्सको वाइडबडी जहाज ग्राउन्डेड

नेपालब्रिटेन संवाददाता
१९ असार २०७७, शुक्रबार ०७:०१

काठमाडौं । नेपाल वायुसेवा निगमको एयरबसमा आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चरा ठोक्किएको छ । दुई सय ७४ सिट क्षमताको मकालु जहाज चरा ठोक्किएसँगै ग्राउन्डेड भएको छ ।

कुवेतबाट फर्कने वाइडबडी जहाजमा चरा ठोक्किएको निगमले जनाएको छ । जहाज अवतरण लगत्तै धावनमार्गमा हेर्दा जहाजमा ठोक्किएर खसेको चरा भेटिएको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ । चरा ठोक्किँदा इन्जिनमा कुनै क्षति भएको छैन ।

कम्पनीलाई जानकारी गराएर मर्मत गरेपछि केही दिनपछि मात्रै जहाजले उडान भर्नेछ । निगमसँग अर्को एक वाइडबडी र दुई वटा न्यारोबडी जहाज भएकोले कोरोना संक्रमणका कारण विदेशमा रहेका नेपाली उद्दारमा समस्या नहुने बताइएको छ ।