१४ बैशाख २०८१, शुक्रबार
Follow Us

नेकपा विवाद मिलाउन ओली-दाहाल छलफलमा

नेपालब्रिटेन संवाददाता
१९ असार २०७७, शुक्रबार ०९:२५

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा देखिएको विवादमा नेताहरुले सहमति जुटाउने प्रयास थालेका छन् । नेतृत्वको विवादका कारण स्थायी समिति बैठक स्थगित भएपछि पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले सहमतिका लागि छलफल अघि बढाएका हुन् ।

सोही क्रममा अहिले दुबै अध्यक्ष र महासचिव विष्णु पौडेलबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल जारी छ । बैठकमा स्थायी समितिमा प्रधानमन्त्रीको राजिनामा माग भएपछि पार्टीभित्र देखिएको विवादमा केन्द्रित भएर छलफल भइरहेको बुझिएको छ । दाहाल पक्ष प्रधानमन्त्री ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्षमध्ये एक पद छाड्नै पर्ने अडानमा छ । प्रधानमन्त्री ओली भने दुबै पद नछाड्ने अडानमा छन ।