७ बैशाख २०८१, शुक्रबार
Follow Us

रोल्पामा आत्महत्या गरेका पुरुषमा कोरोना संक्रमण पुष्टि

नेपालब्रिटेन संवाददाता
१९ असार २०७७, शुक्रबार ०९:३५

काठमाडौं । रोल्पामा आत्महत्या गरेका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार झुन्डिएर आत्महत्या गरेका रोल्पा, गंगादेव गाउँपालिका ५ का ३१ वर्षका पुरुषमा कोरोना भाइरस पोजेटिभ देखिएको हो ।

भेरी अस्पताल नेपालगञ्जमा कोरोना भाइरस परिक्षण गर्दा उनमा संक्रमण पुष्टि भएको हो । मृतक दुवईबाट गत असार १० गते रोल्पा आएका थिए । क्वारेन्टिनहरु खाली नभएपछि गाउँकै काका नाता पर्नेको घरमा बस्दै आएका उनले झुण्डिएर आत्महत्या गरेका थिए । संक्रमण पुष्टि भएपछि उनको सम्पर्कमा आएका ब्यक्तिको पनि स्वाब परीक्षणको तयारी गरिएको छ । यो सँगै रोल्पामा कोरोना भाइरस संक्रमितको संख्या ४८ पुगेको छ ।