१४ बैशाख २०८१, शुक्रबार
Follow Us

ओली–प्रचण्डबीचको छलफल निष्कर्षविहीन

नेपालब्रिटेन संवाददाता
१९ असार २०७७, शुक्रबार १४:२९

काठमाडौं । नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डवीच बालुवाटारमा ३ घण्टा छलफल ठोस निष्कर्ष बिना सकिएको छ । महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मासमेत साक्षीका रुपमा बसेको छलफल दिउँसो साढे ११ बजेदेखि साढे २ बजेसम्म चलेको थियो । अर्को छलफल भोलि बस्ने सहमति भएको स्रोतले बताएको छ ।

नेकपा स्थायी कमिटीको बैठक शनिबार बिहान ११ बजे बस्दैछ । त्यसअघि दुई अध्यक्षबीच पुनः छलफल हुने नेताहरुले बताएका छन् । पार्टी नै फुट्ने हो कि भन्ने ढंगबाट विवाद चर्किएपछि पछिल्लो केही दिनयता नेकपाभित्रको विवाद चरम उत्कर्षमा पुगेको छ ।