७ बैशाख २०८१, शुक्रबार
Follow Us

सनराइज बैंकको सहयोग

नेपालब्रिटेन संवाददाता
१९ असार २०७७, शुक्रबार १४:३७

काठमाडौं । सनराइज बैंकले सिन्धुपाल्चोकको भूकम्पपीडित माझी बस्तीमा निर्माण गर्दै आएको श्वेता श्री फाउण्डेशनलाई रु पाँच लाख सहयोग गरेको छ ।

बैंकले जारी गरेको विज्ञप्तिमा आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त परोपकारी संस्थालाई सहयोग गरेको हो । आज एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौड्यालले श्वेता श्री फाउण्डेशनलाई चेक हस्तान्तरण गर्नुभयो ।

प्रमुखकार्यकारी अधिकृतले बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको र विश्वव्यापी कोभिड–१९को कठिन घडिमा पनि यस्ता कार्य गर्दै आएको छ । आगामी दिनमा पनि अन्य सामाजिक कार्यहरु गरिरहने उल्लेख गर्नुभयो । नायिका श्वेता खड्काले फाउण्डेशनलाई विश्वास गरेकामा बैंकलाई धन्यवाद दिनुभयो ।

संस्थाले स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठको सम्झनामा २०७३ फागुनदेखि सिन्धुपाल्चोकको माझी बस्तीमा कूल ५३ आधुनिक र सुविधा सम्पन्न घर निमार्ण गर्दै आएको छ ।