७ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएन अमेरिका साधारणसभाः परराष्ट्रमन्त्री सहित करिब ५० जना वक्ता

नेपालब्रिटेन डट कम्
१९ असार २०७७, शुक्रबार २१:०४


को को छन वक्ता

लण्डन । गैरआवासीय नेपाली संघ (एआरएन) राष्ट्रिय समन्वय परिषद् अमेरिकाको नवौं वार्षिक साधारण सभामा आज केही बेरमा सुरु हुदैछ ।

कोरोना भाइरसको संक्रमणका कारण संघले पहिलो पटक भर्चुवल साधारणसभा गर्न लागेको हो । अमेरिकाका अध्यक्ष सुनिल शाहको अध्यक्षतामा सुरु हुने साधारणसभामा प्रमुख अतिथि परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली रहेका छन् ।

कार्यक्रममा नेपाली कांग्रेसका नेताद्धय डा. प्रकाशशरण महत, डा. शेखर कोइराला, लगायत गैरआवासीय नेपाली संघका सबै पदाधिकारी, सल्लाहकार सहित करिब ५० जनाले सम्बोधन गर्ने कार्यक्रमतय भएको छ ।

सभामा अमेरिकास्थित संघसंस्थाका प्रतिनिधी, एनआरएनएका अभियन्ता, पत्रकारहरू, कलाकार, समाजसेवी, लगायतका सम्पूर्ण एनआरएनए प्रेमीहरूको सहभागीता रहने अपेक्षा गरिएको छ ।
यी हुन एनआरएनए अमेरिकाको साधारणसभामा बोल्ने बक्ताहरु