१४ बैशाख २०८१, शुक्रबार
Follow Us

बझाङमा पहिरो जाँदा सात जना वेपत्ता, १७ वटा घर बगे

नेपालब्रिटेन संवाददाता
२० असार २०७७, शनिबार ०५:१८

कैलाली । बझाङमा पहिरो जाँदा सात जना वेपत्ता भएका छन् । जिल्लाको केदारस्युँ गाउँपालिका वडा नम्वर ८ को एक बस्तीमा पहिरो जाँदा सात जना वेपत्ता भएका हुन् । गाउँ माथिबाट आएको पहिरोले वडा नम्वर ८ को मल्लेसका १७ घर बगाएको स्थानीय लोकेन्द्र बिकले जानकारी दिनुभयो ।

बझाङका प्रहरी नायव उपरिक्षक गणेश बमले घटना स्थलमा प्रहरी टोली पठाईएको जानकारी दिनुभयो । पानी परी रहेका कारण खोलामा पानीको बहाव बढेका कारण घटनास्थलमा पुग्न समस्या भइरहेको बताइएको छ । राती एक बजे तिर माटोसंगै ढुङ्गा बगेर आउन थालेपछि गाउँलेहरुको भागाभाग मच्चिएको थियो ।

पहिरोमा परि बेपत्ता हुनेमा बर्ष ४४ की राम देबी जेठारा, उहाँकी १५ बर्षीया छोरी शान्ति जेठारा , ७ बर्षीया छोरी अस्मिता जेठारा र ११ बर्षिया छोरा प्रयाग जेठारा रहेका छन् ।

त्यस्तै नबराज जेठाराकी ११ बर्षीया छोरी सन्तु कुमारी जेठारा , प्रेम जेठाराका २० बर्षीय छोरा गिरिजा जेठारा र ८० बर्षीय दले जेठारा रहेको बताइएको छ । पहिरोले घरमा भएको अन्न, लुगा कपडा, गाई, भैसी गोरु लगायत १८ परिबारको धन सम्पती समेत बगाएको छ ।