१४ बैशाख २०८१, शुक्रबार
Follow Us

खोकनामा प्रहरी र स्थानीय किसानबीच झडप

नेपालब्रिटेन संवाददाता
२० असार २०७७, शनिबार १०:४५

ललितपुर । ललितपुरको खोकनामा प्रहरी र स्थानीय किसानबीच झडप भएको छ । काठमाडौं निजगढ द्रुतमार्गका लागि अधिग्रहण प्रक्रियामा रहेको जग्गामा स्थानीयले आज रोपाइ गर्न खोज्दा प्रहरीले अवरोध गरेपछि झडप भएको हो ।

स्थानीयलाई रोपाइँ गर्न प्रहरीले रोकेपछि केही समय खोकना क्षेत्रमा तनाव भएको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास समेत प्रहार गरेको थियो । सरकारले अधिग्रहण गरिसकेको जग्गामा खनजोत र रोपाइँ गर्न खोजिएकाले रोकिएको प्रहरीले जनाएको छ । किसानहरुले भने अधिग्रहण गरेपनि मुआब्जा नपाएको बताएका छन् ।

पैसा नपाएकोले किसानले आफ्नो जमिन खनजोत गर्न पाउनुपर्ने माग राख्दै स्थानीयले प्रहरी बिरुद्ध नारावाजी समेत गरेका छन् । द्रुतमार्ग अन्र्तगत खोकना क्षेत्रमा लामो समयदेखि जग्गा विवाद कायम छ । गत असार १५ को अवसर पारेर रोपाइ गर्न खोज्दा समेत स्थानीय र प्रहरीबीच विवाद भएको थियो ।