१४ बैशाख २०८१, शुक्रबार
Follow Us

अर्घाखाँचीमा सलहको वितण्ड, मकैबाली सखाप

नेपालब्रिटेन संवाददाता
२० असार २०७७, शनिबार १०:५०

अर्घाखाँची । अर्घाखाँचीमा पाँच सय हेक्टर भन्दा बढी क्षेत्रफलमा लगाएको मकै बाली सलह किराले नष्ट गरेको छ । छ दिन देखि सलहले खेतबारी नछाडेपछि स्थानीयहरु हैरान भएका छन् । अन्य क्षेत्रमा सलह नियन्त्रणमा आएपनि शितगंगा नगरपालिकामा भने सलहले दुःख दिन छाडेको छैन ।

शितगंगा नगरपालिका– ७ को जलुके, जुवाकोट, लगायतका क्षेत्रमा सयौं रोपनीमा लगाइएको मकै सलहले नष्ट गरेको छ । केही ठाँउमा सलहमै पुरै मकै नष्ट गरेको छ भने केही क्षेत्रमा आंशिक क्षति पु-याएको छ । सितगंगा १० सिद्धाराको दुम्सी लगायतका क्षेत्रमा सलहले मकै वाली पुर्ण रुपमा नष्ट गरेको वडाध्यक्ष हिम्मत पोखरेलले जानकारी दिए ।

सलहले सन्धिखर्क, शितगंगा, भूमिकास्थान, छत्रदेव, मालारानी र पाणिनिमा क्षति पु-याएको कृषि ज्ञान केन्द्र अर्घाखाँचीले जनाएको छ । सलहले पु-याएको क्षतिको तथ्यांक संकलन भैरहेको पनि केन्द्रले जनाएको छ ।