१३ बैशाख २०८१, बिहीबार
Follow Us

नेकपाका शीर्ष नेताहरुको घर घेरिने

नेपालब्रिटेन संवाददाता
२० असार २०७७, शनिबार १०:५७

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केही युवा नेताहरुले पार्टी एकताका लागि दवाब दिन शीर्ष नेताहरुको घर घेर्ने तयारी गरेका छन् । पार्टीभित्र देखिएको अन्तरविरोधको अन्त्यका लागि शीर्ष नेताहरुलाई दवाब दिन उनीहरुले नेताहरुको घर घेर्ने सम्मको कार्यक्रम सार्वजनिक गरेका हुन् ।

पहिलो चरणमा प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालललाई भेटेर पार्टी एकताका लागि दवाब दिने भेलामा सहभागी नेता यज्ञराज सुनुवारले जानकारी दिए । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री समेत रहेका नेता पार्वत गुरुङको पुल्चोकस्थिच मन्त्री निवासमा आज बसेको बैठकमा यज्ञराज सुनुवार, गणेश पहाडी, सुरेश राई, कमला रोका, टेकबहादुर बस्नेत लगायतका नेता सहभगी थिए ।

नेता सुनुवारका अनुसार पार्टी एकता मजबुद बनाउन दवाबका कार्यक्रमलाई बढाउँदै नेताहरुको घर घेर्ने सम्मको कार्यक्रममा समेत जान सकिने बताए । बैठकले पार्टी एकताका लागि दवाव दिन दवाब समूह पनि बनाउने भएका छन् ।