११ बैशाख २०८१, मंगलवार
Follow Us

पूर्वयुवराज्ञीद्वारा विद्यालय भवन शिलान्यास

नेपालब्रिटेन डट कम्
२५ मंसिर २०७३, शनिबार ०४:२४

गोरखा । पूर्वयुवराज्ञी हिमानी शाहले पालुङटारस्थित भवानी माविको भवन शिलान्यास गर्नुभएको छ । ‘गोरखा भूकम्प’ ले क्षति पु-याएको विद्यालय भवन पुनःनिर्माणको जिम्मा हिमानी ट्रस्ट नेपालले लिएको हो । ट्रस्टले करिब रु तीन करोडको लगानीमा १६ कोठाको भवन निर्माण गर्ने तयारी गरेको विद्यालयका प्रअ ओजराज गिरीले जानकारी दिनुभयो ।
जापानी बुद्धिस्ट एसोसिएसनको आर्थिक सहयोगमा ट्रस्टले भवन निर्माण गर्न लागेको हो । भवन शिलान्यास कार्यक्रममा नेपालका लागि जापानी राजदूत मासासी ओगावा पनि उपस्थित हुनुहुन्थ्यो ।