११ बैशाख २०८१, मंगलवार
Follow Us

बञ्चरो प्रहार गरी छिमेकीको हत्या

नेपालब्रिटेन संवाददाता
२१ असार २०७७, आईतवार ०३:२८

कञ्चनपुर । कञ्चनपुरको पुनर्वासमा बञ्चरो प्रहार गरी एक जनाले छिमेकीको हत्या गरेका छन् । पुनर्वास नगरपालिका ५ का ४० वर्षीय गोरख बहादुर खड्काले छिमेकी ४७ वर्षीय गोपाल कुँवरको गएराति हत्या गरेका हुन् । सामन्य विवादमा उनीमाथि बञ्चरो प्रहार भएको प्रहरीले जनाएको छ । घटनापछि आरोपित खड्का फरार रहेकाले खोजी भैरहेको प्रहरीले जनाएको छ ।