१३ बैशाख २०८१, बिहीबार
Follow Us

आज गुरु पूर्णिमा

नेपालब्रिटेन संवाददाता
२१ असार २०७७, आईतवार ०३:३४

काठमाडौं । आषाढ शुक्ल पुर्णिमाका दिन आज गुरु पूर्णिमा मनाइँदैछ । आज शिक्षा दिने, संगीत सिकाउने लगायत विभिन्न ज्ञान दिने गुरुलाई सम्मान गरि उपहार दिने प्रचलन छ । कतैकतै त गुरुदक्षिणा पनि दिने चलन छ ।

’गु’को अर्थ अन्धकार र ’रु’को अर्थ प्रकाश हुन्छ । यसरी अन्धकाररुपी अज्ञानलाई प्रकाशतर्फ डोर्‍याउन सफल हुनेलाई गुरु भनिएको हो । गुरूपूर्णिमालाई वेद व्यास जयन्तीको रूपमा मनाइन्छ । वेद व्यासले वेद­वेदान्त, अठार पुराण, उपनिषद्हरू लेखी हिन्दू संस्कृतिलाई ठूलो गुन लगाएका छन् ।

पहिले पहिले गुरु भन्ने वित्तिकै गायत्री मन्त्र सिकाउने गुरु, दीक्षा दिने गुरु र धनुँबाण सिकाउने गुरु आदीलाई मानिन्थ्यो तर गुरुको परिभाषा अहिले विशाल भएको छ ।

व्यक्तिगत गुण राम्रो स्वास्थ्य, आकर्षक व्यक्तित्व, मधुर स्वर, रुचि र उत्साह, धैर्य र सहनशीलता, प्रेम र सहानुभूति, आत्मविश्वास, नैतिकता र चरित्रवान बन्न गुरुले नै सिकाउने विश्वास गरिन्छ । धार्मिक शास्त्रमा देव गुरू बृहष्पति र असुर गुरू शुक्रचार्य गरी दुई ठूला गुरूको चर्चा गरिएको पाइन्छ ।