१२ बैशाख २०८१, बुधबार
Follow Us

कक्षा ११ को बोर्ड परीक्षा नहुने

नेपालब्रिटेन संवाददाता
२१ असार २०७७, आईतवार ०७:३१

काठमाडौं । सरकारले कक्षा ११ को बोर्ड परीक्षा पनि नगर्ने निर्णय गरेको छ । कोरोना संक्रमणका कारण बोर्डले लिने परीक्षा यसपटकलाई रद्ध गर्ने निर्णय गरिएको पाठ्यक्रम विकास केन्द्रले जानकारी दिएको छ ।

विद्यार्थीको अन्तिम मुल्यांकन विद्यालयलाई गर्न दिने निर्णय गर्दै त्यसका लागि कार्यविधि तयार गर्ने जिम्मेवारी राष्ट्रिय परीक्षा बोर्डलाई दिएको छ । विद्यालयले गरेको आन्तरिक परीक्षाका आधारमा विद्यार्थीलाई प्रमाणपत्र दिने बोर्डको तयारी छ ।

कक्षा १२ को विषयमा भने अहिलेसम्म कुनै पनि निर्णय भएको छैन । १२ कक्षा विद्यालय तहको अन्तिम कक्षा भएकाले अनुकुल समयमा बोर्ड परीक्षा नै सञ्चालन गरिने शिक्षा मन्त्रालयले बताउदै आएको छ । सरकारले यसअघि नै एसईई नगर्ने निर्णय गर्दै आन्तरिक मुल्याङ्कनका आधारमा नतिजा सार्वजनिक गर्ने निर्णय गरिसकेको छ ।

एसईईको नतिजा प्रकाशनका लागि विद्यार्थीले आन्तरिक मूल्याङनमा प्राप्त गरेको अंक संकलनको काम भइरहेको छ । असार मसान्तभित्र देशभरबाट बोर्डमा अंक प्राप्त भएपछि साउन १५ सम्म नतिजा सार्वजनिक गर्ने लक्ष्य परीक्षा बोर्डको छ ।