८ बैशाख २०८१, शनिबार
Follow Us

एनआरएनएद्वारा होल्डिङ सेन्टरहरुमा पिउने पानी वितरण

नेपालब्रिटेन डट कम्
२१ असार २०७७, आईतवार १६:५६

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले काठमाडौँमा रहेका होल्डिङ सेन्टरहरुमा पिउने पानी वितरण गरेको छ । संघले ३ वटा होल्डिङ सेन्टरहरुमा ५ दिनका लागि पुग्ने पिउने पानी उपलब्ध गराएको जनाएको छ ।

संघका उपाध्यक्ष सोनाम लामाको पहलमा होल्डिङ सेन्टरहरुमा शुद्ध खाने पानी वितरण गरिएकाे हो । नेपाल रेडक्रस सोसाइटी काठमाडौँ जिल्ला शाखाका कोषाध्यक्ष लक्ष्मीरत्न तुलाधरको उपस्थितिमानेपाली सेनाका प्रतिनिधिलाई उपाध्यक्ष लामाले पानी हस्तान्तरण गरेका थिए।

उक्त होल्डिङ सेन्टरहरुलाई सेनाले व्यवस्थापन गरेको छ । नेपाल रेडक्रस सोसाईटी काठमाडौँ जिल्ला शाखाले भने विभिन्न संघ संस्थासंग सहकार्य गर्दै पानीको आपूर्तिको लागि संयोजन गर्दै आएको छ ।