August 12, 2020
10:23 AM | 3:08 PM

स्थायी समिति बैठकअघि ओली-दाहाल छलफल

  06/07/2020 मा प्रकाशित

काठमाडौं । सत्तरुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी समितिको बैठक आज पनि बोलाइएको छ । प्रधानमन्त्रीको राजिनामा माग भएपछि पटक पटक स्थगित हुँदै आएको बैठक हुनेमा भने अन्योल छ ।

पार्टीभित्रको विवाद समाधान गर्न वैठक हुनुअघि अध्यक्षद्धय केपी ओली र पुष्पकमल दाहालबीच आज पनि बालुवाटारमा छलफल हुने बताइएको छ । दुई अध्यक्षबीचको छलफलमा ठोस सहमति जुटेमात्रै स्थायी समिति बैठक हुने नहुने टुंगो लाग्ने नेताहरुले बताएका छन् ।

हिजो पनि दुई नेताविच सहमति प्रयासका लागि छलफल भएपछि ठोस निस्कर्ष आउन सकेको छैन । सहमतिका आधार तय गर्न कार्यदल निर्माण गरिएको छ । कार्यदलमा ओली पक्षबाट महासचिव विष्णु पौडेल र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल छन् ।

दाहालका तर्फबाट ऊर्जामन्त्री वर्षमान पुन र स्थायी कमिटि सदस्य जनार्दन शर्मा सदस्य छन् । दाहाल राजिनामा दिने माग्ने र अध्यक्ष ओली प्रधानमन्त्रीवाट राजीनामा नदिने अडानमा रहेका कारण कुरा मिल्न सकेको छैन ।

प्रतिक्रिया