१५ चैत्र २०८०, बिहीबार
Follow Us

प्रफूल्ल मुद्रामा बालुवाटारबाट निस्किए प्रचण्ड

नेपालब्रिटेन संवाददाता
२२ असार २०७७, सोमबार १०:१७

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीमा विवाद चर्किएपछि आएको असहज अवस्थालाई सहमतिमा हल गर्न भएको अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको वान टु वान वार्ता सोमबार सकिएको छ ।

बालुवाटारमा भएको उक्त वार्तापछि नेकपाभित्रको समस्या समाधानका निम्ति सकारात्मक पहल भएको हुनसक्ने अनुमान लगाइएको छ । दुई जनाबीच के कस्ता सहमति भए वा भएनन् भन्ने विषयमा जानकारी नभए पनि प्रचण्ड प्रफूल्लित मुद्रामा निस्किएका थिए ।

आवश्यक परेको खण्डमा अझ गहन रुपमा वार्ता गरी सहमतिका आधारमा स्थायी समितिको बैठकलाई निचोडमा लगिने तयारी हुनसक्नेछ । प्रधानमन्त्री ओलीलाई अध्यक्षबाट समेत राजीनामा गर्नका लागि स्थायी समितिमा माग भएपछि नेकपामा असहज अवस्था आएको थियो ।

उक्त विवादका विषयमा छिमेकी मुलुक भारत र चीनले पनि नजिकबाट नियाँलेका थिए । खासगरी भारत ओलीलाई सत्ताच्युत गर्ने पक्षमा लविङ गरिरहेको छ भने चीन नेकपाको विभाजन रोक्ने प्रयत्नमा जुटेको दाबी गरिन्छ ।