४ बैशाख २०८१, मंगलवार
Follow Us

समयमै पेश्की फर्स्यौट नगर्दा दुई वटा संघले मात्र सागको पुरस्कार पाउने

sarusaru
२२ असार २०७७, सोमबार १०:२५

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नियम अनुसार समयमा नै पेश्की फर्स्यौट नगर्दा दुई वटा संघले मात्र दक्षिण एशियाली खेलकुद सागको पुरस्कार पाउने भएका छन् । परिषद्ले सबै संघलाई बारम्बार ताकेता गर्दापनि हिसाब देखाउन नसक्दा सागमा सहभागी भएको २६ खेलमा २३ खेल संघले पुरस्कार नपाउने भएका हुन् ।

संघलाई पेश्की फस्र्योटको अन्तिम मिति आइतबार सम्म मात्र रहेकोमा आइतबार सम्म दुई संघको हिसावकिताव मिलेको छ । त्यसमा गल्फ र फेन्सिङ संघ मात्र रहेका छन । बाँकी खेल संघहरुको हिसाब मिलेको छैन । परिषद्ले आफ्नो बेरुजुलाई कम गर्ने रणनितीका साथ आर्थिक पक्षलाई कडा रुपमा अगाडी बढाएको छ । अब यसको मारमा बेरुजु रहेका खेल संघ परेका छन ।

डिसी नेपाल