७ बैशाख २०८१, शुक्रबार
Follow Us

बहिनी बलात्कारको आरोपमा दाजु पक्राउ

नेपालब्रिटेन संवाददाता
२२ असार २०७७, सोमबार १५:५६

ओखलढुङ्गा । बहिनी बलात्कार गरेको आरोपमा दाजु पक्राउ परेका छन् । चम्पादेवी गाउँपालिकामा आफ्नै बहिनीमाथि जबरजस्ती करणी गरेको आरोपमा १७ वर्षीय युवक पक्राउ परेका हुन् ।

नाताले बहिनी पर्ने ९काकाकी छोरी० ११ वर्षीय बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा १७ वर्षीय दाजुलाई पक्राउ गरेर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मिलन बस्नेतले जानकारी दिनुभयो । बालिकाको स्वास्थ्य परीक्षणलगायत अन्य अनुसन्धान भइरहेको उहाँको भनाइ छ ।

पीडित बालिकाले घटनाका विषय आफ्नी आमालाई बताएपछि यो घटना बाहिर आएको हो । पक्राउ परेका युवाको नाम प्रहरीले गोप्य राखेको छ । यही असार १५ गते घरमा कोही नभएको मौका छोपी ललाइफकाई बालिकामाथि जबरजस्ती करणी गरेको पीडित पक्षको उजुरीमा उल्लेख छ । बालिकाकी आमाले आइतबार उजुरी दिएपछि प्रहरीले युवकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।