११ बैशाख २०८१, मंगलवार
Follow Us

कांग्रेस महाधिवेसनको परिवर्तित तालिका सार्वजनिक

नेपालब्रिटेन संवाददाता
२३ असार २०७७, मंगलवार ०२:५६

काठमाडौं । नेपाली कांग्रेसले पूर्व निर्धारित २०७७ फागुन ७, ८, ९ र १० गते नै १४औं महाधिवेसन सम्पन्न गर्न तालिका प्रचारमा ल्याएको छ । केन्द्रीय समितिको बैठकले समायोजन, कृयाशिल सदस्यता वितरण र अधिवेशनका कार्यतालिका हेरफेर गरि कार्यकर्तामा ल्याएको हो । समायोजन हुन बाँकी रहेका जिल्लाको पार्टीको अन्तरिम संरचना समायोजन २०७७ श्रावण १० गते भित्र सक्न, विधानले तोकेको कार्यविधि बमोजिम प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले नयाँ क्रियाशील सदस्यता वितरण गर्न र जिल्ला कार्यसमितिले क्रियाशील सदस्यता नविकरण २०७७ असार २५ गतेदेखि २०७७ श्रावण मसान्तसम्म सक्न निर्देशन दिने केन्द्रीय समितिले निर्णय गरेको छ ।

– २०७७ पुस ६ गते गाउँ/नगर वडा अधिवेशन
– २०७७ पुस ८ गते गाउँ/नगरपालिका अधिवेशन
– २०७७ पुस ११ गते प्रदेश सभा क्षेत्रीय अधिवेशन,
– २०७७ पुष १३ गते एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन
– एक भन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन २०७७ पुष १६ गते
– २०७७ माघ ६ गते, प्रदेश अधिवेशन

२०७७ भाद्र मसान्तसम्ममा प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले वितरण गरेको नयाँ क्रियाशील सदस्यताको सूची प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले र जिल्ला कार्यसमितिले नविकरण गरेको क्रियाशील सदस्यताको सूची जिल्ला कार्यसमितिले प्रकाशित गरी केन्द्रमा पठाउन भनिएको छ । त्यस्तै नयाँ क्रियाशील सदस्यता वितरण सम्बन्धमा जिल्ला स्तरीय क्रियाशील सदस्यता प्रारम्भिक छानविन समितिमा उजुरी र नविकरण उपर क्रियाशील सदस्यता केन्द्रीय छानविन समितिमा उजुरी दिने अन्तिम म्याद २०७७ असोज १५ गतेलाई तोकिएको छ ।

२०७७ असोज मसान्तभित्र उजुरी उपर क्रियाशील सदस्यता प्रारम्भिक छानविन समितिले निर्णय गरिसक्नु पर्ने भनिएको छ । त्यसै गरी क्रियाशील सदस्यता प्रारम्भिक छानविन समितिले गरेको निर्णयमा चित्त नबुझेमा क्रियाशील सदस्यता केन्द्रीय छानविन समितिमा उजुरी÷पुनरावेदन दिइसक्नु पर्ने अवधी २०७७ कात्र्तिक मसान्तलाई तोकिएको छ भने त्यसरी परेको उजुरी-पुनरावेदन उपर २०७७ मंसिर १५ गतेभित्र क्रियाशील सदस्यता केन्द्रीय छानविन समितिले निर्णय गरिसक्नु पर्ने बाध्यात्मक व्यवस्था राखिएको छ ।

नयाँ क्रियाशील सदस्यता र क्रियाशील सदस्यता नविकरणको नामावलीको अन्तिम सूची तयार गरी छानविन समितिले केन्द्रीय सभापतिलाई बुझाई सक्नु पर्ने अवधि – २०७७ मंसिर २५ गते राखिएको छ । १४औं महाधिवेसनको अन्तिम सूची केन्द्रीय निर्वाचन समितिलाई २०७७ मंसिर मसान्तभित्र बुझाई सक्नु पर्ने भनिएको छ ।

त्यसै गरी २०७७ पुस ६ गते गाउँ÷नगर वडा अधिवेशन, २०७७ पुस ८ गते गाउँ÷नगरपालिका अधिवेशन, २०७७ पुस ११ गते प्रदेश सभा क्षेत्रीय अधिवेशन, २०७७ पुष १३ गतेलाई एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन तोकिएको छ । त्यस्तै एक भन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन २०७७ पुष १६ गते गर्ने केन्द्रीय समितिले निर्णय गरेको छ । यसै गरी २०७७ माघ ६ गते प्रदेश अधिवेशन सम्पन्न गर्दै केन्द्रीय महाधिवेशन २०७७ फागुण ७, ८, ९ र १० गते काठमाडौंमै सम्पन्न गर्ने निर्णय नेपाली कांग्रेस केन्द्रीय समितिले दोस्रो पटक पनि गरेको छ ।