७ बैशाख २०८१, शुक्रबार
Follow Us

वैदेशिक रोजगारीमा फर्कन काठमाडौँबाट ४१० जनाले लिए पुन: श्रम स्वीकृति

नेपालब्रिटेन डट कम्
२३ असार २०७७, मंगलवार ०३:३६

काठमाडौँ । सोमबार वैदेशिक रोजगारीमा फर्कन काठमाडौँबाट ४१० जनाले पुन : श्रम स्वीकृति लिएका छन् । सोमबार एकैदिन ३६३ पुरुष र ४७ जना महिलाले पुनः श्रम स्वीकृति लिएको वैदेशिक रोजगार कार्यालय ताहचलले जनाएको छ।

आज सबैभन्दा धेरै यूएई फर्कनेले पुन : श्रम स्वीकृति लिएका छन् । सोमबार यूएई जाने १५५ पुरुष र ३७ जनाले पुन: श्रम स्वीकृति लिएका हुन् ।

यसबाहेक बहराइन ६, ब्रुनाई ७, जापान ८९, जोर्डन १ , कुवेत ११, लेवनान १, मकाउ ८, मलेसिया २४, माल्दिभ्स ३, माल्टा ५, ओमन ३, पोल्याण्ड ९, कतार ४१, दक्षिण कोरिया २, रोमानिया ४, सिसेल्स २, युगाण्डा १, र अमेरिका जाने १ जनाले पुनः श्रम स्वीकृति लिएका छन्।

सरकारले गएको बिहीबारबाट विगत ४ महिनादेखि बन्द रहेको वैदेशिक रोजगारीको लागि श्रम स्वीकृति दिने प्रक्रिया पुनः सुरु गरेको छ । नयाँ श्रम स्वीकृती भने अहिले दिइएको छैन ।

तर, अहिले नै विदामा नेपाल आएका नेपालीहरु पुन: श्रम स्वीकृती लिएर सोही कम्पनीमा रोजगारीका लागि फर्कन कठिन छ । किनभने सरकारले आगामी साउन ७ गतेसम्मका लागि अन्तर्राष्ट्रिय हवाई उडानमा प्रतिबन्ध लगाएको छ । पुनः श्रम स्वीकृती लिएका केही श्रमिक भने सम्भव भएसम्म मंहगो भाडा तिरेर चार्टर्ड प्लाइटमा फर्कन थालेका छन् ।