१४ बैशाख २०८१, शुक्रबार
Follow Us

विहानै बालुवाटार पुगेर वैद्यले प्रचण्डलाई जन्म दिनको शुभकामना दिए

नेपालब्रिटेन डट कम्
२६ मंसिर २०७३, आईतवार ०४:४८

काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई जन्म दिनको शुभकामना दिएका छन् ।
नेकपा (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन आइतबार बिहानै प्रधानमन्त्री निवास बालुवाटार पुगेका वैद्यले प्रचण्डलाई ६२ औं वर्ष पुगेको उपलक्ष्यमा जन्मदिनको शुभकामना दिएका हुन् ।बालुवाटारमा प्रचण्ड र वैद्यवीच भएको भेटमा समसामयिक राजनीतिक विषयमा कुराकानी भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
भेटमा प्रधानमन्त्री प्रचण्डले वैद्यलाई समसामयिक राजनीतिक विषयमा सरकारले लिएका निर्णयहरुबारे जानकारी गराएका थिए । रामबहादुर थापा समूह पुरानो घरमा फर्किए पनि वैद्य भने अहिलेसम्म माओवादी केन्द्रमा फर्किएका छैनन् । वैद्य माओवादी पार्टी फुटाएर अलग्गै बसेका छन् ।