७ बैशाख २०८१, शुक्रबार
Follow Us

पहिरो खसेर जलवीरे सडकमार्ग अवरुद्ध

sarusaru
२३ असार २०७७, मंगलवार ०६:३६

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बलेफी गाउँपालिकामा पर्ने बलेफी जलवीरे सडकमार्ग पहिरोको कारण अवरुद्ध भएको छ।

अरनिको राजमार्गअन्तर्गत पर्ने यो सडक पहिरोको कारण आज बिहानदेखि अवरुद्ध भएको हो।

जलवीरे, ढाडे चनौटे, गुम्बा, पाङताङ, डल्लेपोख भेगका मानिसहरुले प्रयोग गर्ने सडक हो।

उक्त सडक अवरुद्ध हुँदा बीच बाटोमा अलपत्र पर्नुपरेको सवारी चालक खेम प्रसाईँले बताएका छन्।

आज रातिको भीषण वर्षाका कारण पहिरो गएको स्थानीयवासी बताउँछन् । पहिरोमा लेदो बगेर बाटो अवरुद्ध भएको हो।
डिसी नेपाल