१५ चैत्र २०८०, बिहीबार
Follow Us

एनआरएनएका ५ राष्ट्रिय समितिद्धारा आर्थिक प्रतिवेदन सार्वजनिक

नेपालब्रिटेन डट कम्
२३ असार २०७७, मंगलवार १४:४७

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएन) का ५ वटा राष्ट्रिय समितिले आर्थिक प्रतिवेदन सार्वजनिक गरेका छन् । गैरआवासीय नेपाली संघका कोषाध्यक्ष महेश कुमार श्रेष्ठका अनुसार अमेरिका, अष्ट्रेलिया, जापान, मकाउ र नर्वे राष्ट्रिय समितिले आर्थिक प्रतिवेदन केन्द्रमा बुझाएका हुन् ।

गैरआवासीय नेपाली संघको गत अक्टोवरमा सम्पन्न निर्वाचनमा आर्थिक पारदर्शीताको प्रमुख अजेण्डा सहित आएको अध्यक्ष कुमार पन्तको कार्यसमितिले यसअघि संघमा पहिलो पटक वजेट बनाएर खर्च गर्ने प्रचलनको शुरुवात गरेको थियो ।

श्रेष्ठका अनुसार संघले आफ्नो आर्थिक विवरण वेवसाइट मार्फत सार्वजनिक गर्दै आएको छ । यसअघि संघले आर्थिक वर्ष २०७७/७८ का लागि रु। ८७,१२२,९१० र २०७८ असार मसान्तसम्म रु १० करोड ९१ लाख ८५ हजार रकम अपुग हुने प्रक्षेपण को वजेट पारितगरेको थियो ।

श्रेष्ठका अनुसार संघले तीन तीन महिनामा हिसावकिताव बुझाउन सबै राष्ट्रिय समितिलाई निर्देशन दिएको थियो । कोभिड १९ को कारणले अन्य राष्ट्रिय समितिको आर्थिक विवरण केन्द्रमा आउन ढिला भएको संघले जनाएको छ ।