८ बैशाख २०८१, शनिबार
Follow Us

पहिरोमा पुरिएकी महिलाको १८ घण्टापछि जीवितै उद्धार

नेपालब्रिटेन संवाददाता
२३ असार २०७७, मंगलवार १६:०१

गुल्मी । गुल्मीमा पहिरोमा पुरिएकी एक महिलाको जीवितै उद्धार गरिएको छ । पहिरोको दलदलमा भासिएर सम्पर्क विहिन हुन पुगेकी मुसिकोट नगरपालिका २ की ५५ वर्षीय तारा कुमालको १८ घण्टापछि स्थानीयहरुद्वारा उद्धार गरिएको हो ।

सोमवार बेलुकी ६ वजेतिर खेतमा पहिरोले बगाएको मकै लिन गएकी उनी मकै लिएर फर्कने क्रममा पहिरोको बगाएको दलदलमा परेर हिलोमा गडेकी थिईन् । मंगलवार बिहान पहिरो हेर्नभनि गएका दुई युवाहरुले हिलोमा भासिएको अवस्थामा देखेपछि उनलाई मल्दीको च्युटारीबाट स्थानीयको सहयोगमा उद्धार गरिएको स्थानीय रामबहादुर केसीले बताएका छन् ।

गत बिहिबार राती आएको बाढीले बगाउँदा वेपत्ता बनेका मुसिकोट नगरपालीका २ का ५५ वर्षका भागिरथ घिमिरे अझै फेला परेका छैनन् । स्थानीय र नेपाली सेनाले दुई दिनसम्म खोजतलास गर्दा पनि उनी फेला नपरेको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताएका छन ।