September 27, 2020
6:00 PM | 10:45 PM

नेकपाभित्रको विवाद सहमतिबाट समाधान खोज्न आग्रह

  07/07/2020 मा प्रकाशित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र पछिल्लो समयमा देखिएको विवाद आपसी सहमतिका आधारमा समाधान खोज्न आग्रह गरिएको छ । नेकपाभित्र पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच पार्टी र सरकार सञ्चालनमा विवाद देखिएपछि नेपाल दलित मुक्ति सङ्गठनले आज विज्ञप्ति जारी गरी सहमतिका आधारमा अगाडि बढ्नुको विकल्प नरहेको जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘पार्टीको स्थायी कमिटीको मूल भावनाअनुसार पार्टी एकताको बाँकी कार्यभारलाई निष्कर्षमा पु¥याउने र सम्पूर्ण पार्टीलाई एकताबद्ध गरी सबै कार्यकर्ता, शुभेच्छुक तथा आम नागरिकमा सकारात्मक सन्देशसहितको ऊर्जा प्रवाह गर्न स्थायी कमिटी सफल हुनेमा हाम्रो सङ्गठन विश्वस्त छ ।’ स्थायी कमिटीले पार्टीको विधि पद्धतिअनुसार बैठकमा व्यक्त गरेका धारणाको विषयमा पार्टी पङ्क्ति र नागरिकमा उत्पन्न चासो र चिन्ताप्रति सङ्गठनको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया