१३ बैशाख २०८१, बिहीबार
Follow Us

टिपरको ठक्करबाट एकको मृत्यु

sarusaru
२४ असार २०७७, बुधबार ०७:०३

धुनीबेंसी नगरपालिका– ९ खत्रीपौवामा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

काठमाडौंबाट नौबिसेतर्फ आउँदै गरेको बा.४ख ३१०४ नम्बरको टिपरले ठक्कर दिँदा नागार्जुन नगरपालिका– ३ काठमाडौंनिवासी ३० वर्षीय महेश श्रेष्ठको आज बिहान घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रूपक खड्काले जानकारी दिए ।

घटनापछि सवारीचालक फरार भएका छन् भने प्रहरीले सवारीसाधन नियन्त्रणमा लिएको छ । शव परीक्षण गर्न त्रिवि शिक्षण अस्पताल, महाराजगन्ज लगिएको छ ।